प्राइम कमर्शियल बैंकको नाफामा उल्लेख्य सुधार, ईपीएस बढेर २० रुपैयाँ पुग्यो

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षमा उल्लेख नाफा हासिल गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.५६ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । बैंकको वितरण वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड नाघेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २८.२६ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ४३.७७ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ७६ करोड ६२ लाख रुपैयाँबाट बढेर ७७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस४ रुपैयाँ १४ पैसा बढेर २० रुपैयाँ २४ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २३.६७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७६ पैसा रहेको छ ।

गत आर्थिक वर्षमा १५ प्रतिशत बोनससेयर वितरण गरी चुक्ता पुँजी बढाएको बैंकको जगेडा कोष समीक्षा अवधिमा ९.१३ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २९.०६ प्रतिशत र कर्जा २२.५९ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स