वाणिज्य बैंकमा १३ अर्बले निक्षेप घट्दा १२ अर्बले कर्जा बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरूमा १३ अर्बले निक्षेप घट्दा १२ अर्बले कर्जा बढ्को छ । पुसमसान्तसम्म वाणिज्य बैंकहरूमा कुल ४३ खर्ब २४ अर्ब निक्षेप रहेकोमा माघ समान्तमा १३ अर्बले कर्जा घटेर ४३ खबृ ११ अर्बमा सीमित भएको छ ।

त्यसरी नै पुसमसान्तसम्म ४१ खर्ब ४३ अर्ब भएको कर्जा प्रवाह १ महिनामा १२ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

माघको पहिलो र दोस्रो साता निक्षेप घटेपनि तेस्रो र अन्तिम साता केही बढ्दा १६ अर्ब रुपैयाँले घटेको निक्षेपमा सुधार आएर १३ अर्बमा झरेको हो ।

निक्षेप घटेपनि कर्जा प्रवाह भने निरन्तर बढेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स