सीडी रेसियो लागू गर्दा लोनेबल फन्ट घट्छ, ब्याजदर बढ्छः भुवन दाहाल

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले यथार्थमा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लागू गर्दा लोनेबल फन्ट घट्ने हुँदा यसले ब्याजदर बढाउने बताएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) हटाएर ९० प्रतिशतमा सीडी रेसियो कायम गर्ने व्यवस्था गरेको छ । ‘यो व्यवस्थाले कर्जा दिन समस्या हुन्छ,’ उनले भने ‘त्यो स्लापमा लोनेबल फन्ट घटेपनि कर्जाको माग बढी हुन्छ । यसले ब्याजदर बढाउँछ ।’

मौद्रिक नीतिले गरेका अन्य व्यवस्था भने सकारात्मक रहेको उनले बताए । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति समग्रमा सकारात्मक रहेको बताएका छन् । उनले वित्तिय स्थायीत्व र आर्थिक गतिविधी चलायमान बनाउन मौद्रिक नीति केन्द्रित रहेको हाम्रोअर्थलाई बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स