नेपाल इन्भेष्टर फोरमद्वारा ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन माग

काठमाडौं । नेपाल इन्भेष्टर फोरमले बैंक तथा वित्तीय संस्थाले गरेको ब्याजदर वृद्धिको निर्णय पुनरावलोकन आग्रह गरेको छ । ब्याजदर वृद्धिको निर्णयले सेयर बजार प्रभावित भएको भन्दै पुनरावलोकन गर्न लगानीकर्ताहरूले माग गरेको हो ।

पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारी तथा निकाय अझ बढी गम्भिर हुन र यस्तो विषम परिस्थितिमा धैर्य र सुझबुझका साथ लगानी गर्न फोरमले लगानीकर्तालाई आग्रह गरेको छ ।

लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फी रूपमा तरलताको संकट देखाउँदै सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी अत्याधिक वृद्धि गरिएको व्याजदरको यथाशिघ्र पुनरावलोकन गर्न फोरमले आग्रह गरेको छ ।

यस्तै, पूँजी बजारको दिगो विकास र विस्तारले मात्रै देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने हुँदा हालै बैंक वित्तीय संस्थाले सम्पूर्ण उद्योग, कलकारखाना व्यापार र लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फी रूपमा व्याजदर बढाएको आरोप लगानीकर्ताले लगाएका छन् ।

त्यस्तै फोरमले आर्थिक समृद्धि अभियानलाई मुर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरू तथा निकायहरू अझ बढि गम्भीर हुनको लागि अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स