काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीति मार्फत उद्यम व्यवसाय गर्नेलाई सहजता गरिदिएको छ । बैंकले मौद्रिन नीति जारी गर्दै १ करोड रुपैयाँसम्मको उद्यम व्यवसाय कर्जामा आधार दरमा २ प्रतिशतमात्रै प्रिमियम थप गर्न पाइने व्यवस्था कार्यान्वयनमा लैजान व्यवस्था गरेको हो ।
आधारदर गणनाको विद्यमान विधिलाई पुनरावलोकन गरिने र बैंक तथा वित्तीय संस्थाले कर्जाको आधारदर निर्धारण गर्दा आधारदरमा थप गर्ने प्रिमियम दर संस्था आफैले निर्धारण गर्ने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
अव उद्यम व्यवसाय संचालन गर्न १ करोडसम्मको ऋण उपयोग गर्न चाहने ऋणीले आधारदरमा अधिकतम २ प्रतिशत मात्र्र प्रिमियम थप गर्न पाउनेछन् ।