कर्जा प्रवाहमा कडाइ, १९ प्रतिशतभन्दा बढी कर्जा विस्तार गर्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थाले २८ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेपछि राष्ट्र बैंकले कर्जा विस्तारको सीमा निर्धारण गरिदिएको हो ।

चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशतमा सीमित गरिने लक्ष्य राष्ट्र बैंकले लिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादनलाई मौद्रिक प्रक्षेपणको आधारका रुपमा लिँदै आर्थिक वर्ष २०७८/७९ मा विस्तृत मुद्रा प्रदायकको विस्तार १९ प्रतिशतमा सीमित गर्ने प्रक्षेपण गरिएको छ । गत आवमा यस्तो कर्जा विस्तार २० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स