वातावरणीय र सामाजिक जोखिम भएको ठाउँमा बैंकको लगानीमा कडाइ, उपेन्द्रको एजेण्डा बन्यो सार्थक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वातावरणीय र सामाजिक जोखिम भएको ठाउँमा बैंकले गर्ने लगानीमा कडाइ गरेको छ । राष्ट्र बैंकले ‘पर्यावरण र सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) मार्गदर्शन, २०२२’ जारी गर्दै सो व्यवस्था गरेको हो ।

योसँगै बैंक तथा वित्तीय संस्थाहरूले कर्जा दिँदा पुरा गर्नुपर्ने प्रक्रिया थप भएको छ । राष्ट्र बैंकले सो मार्ग दर्शन विश्व बैंकले गरेको पर्यावरण तथा सामाजिक जोखिम सम्बन्धी अध्ययन प्रतिवेदनले औंल्याएका विषयलाई आधार मानेर जारी गरेको हो ।

उक्त मार्गदर्शनअनुसार अब बैंक तथा वित्तीय संस्थाले ग्राहकले कर्जाको माग गर्नका लागि आवेदन दिँदा सो कर्जाको प्रयोग कुन प्रयोजनका लागि हो ? त्यसले पर्यावरण र समाजमा कस्तो असर गर्छ त्यसको पनि निक्र्यौल गर्नु पर्ने हुन्छ ।

ऋणीले बैंकबाट कर्जा लिएपछि सोको उपयोग वातावरणीय र सामाजिक दिगोपन जलवायू परिवर्तनसँग जोडिएका आर्थिक विषयहरु लगायतलाई नकारात्मक असर नगर्ने पुष्टि गर्नु पर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ ।

कर्जा लिएर गरिने उद्यम व्यवसाय तथा परियोजनाले वातावरण र सामाजिक जोखिम निम्त्याउने भएमा बैंक तथा वित्तीय संस्था कर्जाको आवेदन स्वीकृत गर्न नपाउने सो मार्गदर्शनमा उल्लेख गरिएको छ ।

उक्त अध्यनन प्रतिवेदनलाई ऐन कानुन संशोधन गर्न अर्थ मन्त्रालयबाटै सम्बन्धी सबै पक्षलाई निर्देशन भएपछि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को पाँचौं संशोधन पनि भइसकेको छ ।

बल्ल बुझ्यो, वर्षोदेखि नबिल अध्यक्ष पौड्याल उठाएको एजेण्डा राष्ट्र बैंकले

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले वर्षौदेखि उठाउँदै आएको एजेण्डलाई आज राष्ट्र बैंकले एडजष्ट गरेर मार्गदर्शन नै सार्वजनिक गरेको छ । अध्यक्ष पौड्यालले एनएमबि बैंकमा आफू प्रमुख कार्यकारी अधिकृत हुँदा नै वातावरण र सामाजिक जोखिम हुने ठाउँमा लगानी गर्न नहुने आवाज उठाउँदै आएका थिए ।

अहिले नबिल बैंक गइसकेपछि पनि उनले यो एजेण्डालाई अझ सार्थक बनाउन लागि परेका छन् । पौडेल स्ट्याण्ड चाटर्ड बैंकमा हुँदा सूर्य टोवा कम्पनीमा गरेको लगानीका विषयलाई लिएर अहिले पनि दुःखी छन् । केहि समय अघि नबिलले घोषणा गरेको फेलोसीप कार्यक्रममा पनि वातावरण र सामाजिक जोखिम नहुने उद्यम व्यवसाय गर्ने नयाँ अन्त्रपेनरलाई अवसर दिने भनिएको छ ।

राष्ट्र बैंकले गरेको यो नयाँ व्यवस्थासहित पौड्यालको एजेण्डाले सार्थकता पाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स