काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्दै सीमा तोकिदिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गरेको बताएका हुन् ।
राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले सेयरधितो कर्जामा ७० प्रतिशतको धितोको सीमालाई भने यथावत राखेको छ । राष्ट्र बैंकको निर्णयले सेयर धितो लिएर लगानी गर्ने ठूला ऋणी प्रभावित हुने छन् ।