२६ बैंकका मुद्दति निक्षेपमा एउटै ब्याज

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुन महिनाका लागि सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २६ वटाले एउटै ब्याजदर सार्वजनिक गरेका छन् । २६ बैंकहरुले मुद्दति निक्षेपमा ११.०३ प्रतिशत र स्ट्यान्डर्ड चाटर्ड बैंकले भने मुद्दति निक्षेपमा ९.५ प्रतिशत मात्र ब्याजदर घोषणा गरेको छ ।

मंसिर महिनादेखि बैंकहरुले निक्षेपको ब्याजदर १०.०५ प्रतिशत कायम गरेका थिए । राष्ट्र बैंकले कात्तिकमै निक्षेपको ब्याजदर अघिल्लो महिनामा कायम औसत ब्याजदरको १० प्रतिशतसम्म थपघट गर्न पाउने व्यवस्था गरेको थियो । साथै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत कम दिनुपर्ने व्यवस्था गरिएको छ ।

जसअनुसार मंसिर महिनामा निक्षेपको औसत ब्याजदर १०.०३ प्रतिशत कायम थियो । राष्ट्र बैंकले तोकेको ब्याजदर सीमा भित्र रहेर पनि पुस महिनामा वाणिज्य बैंकहरुले औसतमा ११.०३ प्रतिशतसम्म बढाउन सक्थे । ब्याजदर बढाउँदा एक अर्काको निक्षेप खोसाखोसको स्थिति आउने सक्ने सम्भावना भएकाले बैंकहरुले भद्र सहमती गरेर ब्याजदर बढाएका थिएनन् ।

राष्ट्र बैंकले साधारण मुद्दती निक्षेपमा दिइने ब्याजदरभन्दा रेमिट्यान्स मुद्दतिमा १ प्रतिशत बढी दिनु पर्ने निर्देशन दिएको छ । अनौपचारीक रुपमा देश भित्रिने रेमिट्यान्सलाई बैंकिङ प्रणालीमा ल्याउने उद्देश्यले सो व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ । उक्त व्यवस्थाको कार्यान्वयन गर्दै वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेमा दिइएको ११.०३ प्रशिततमा १ प्रतिशत थपेर रेमिट्यान्स निक्षेपमा १२.०३ प्रतिशत ब्याजदर दिने घोषणा गरिसकेको छन् ।

राष्ट्र बैंकले एउटै वर्गका बैंकहरुले लागु गरेको अधिकतम ब्याजदरलाई औसत गरी पछिल्लो महिनामा १० प्रतिशत सीमाले ब्याजदर पविर्तन गर्न भनेको हो । जसअनुसार फागुन महिनामा वाणिज्य बैंकहरुको औसत निक्षेपको ब्याजदर १०।९७ कायम भएको छ । जसमा १० प्रतिशतसम्म बढाउन पाउँदा वाणिज्य बैंकहरुले चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.०७ प्रशितत कायम गर्न पाउने देखिन्छ ।

कुन बैंकको ब्याजदर कति ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स