नागरिक लगानी कोषको नाफा बढ्यो, ईपीएस कति ?

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १९.५७ प्रतिशत बढेको छ । कम्पनीको कुल आम्दानी १९.११ प्रतिशत बढेको छ भने कुल खर्च १४.०५ प्रतिशत बढेको छ ।

नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रुपैयाँ ३२ पैसाबाट १५ रुपैयाँ ५० पैसा घटेर २३ रुपैयाँ ८२ पैसा पुगेको छ । चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको यस्तो आम्दानी घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ९९.३१ प्रतिशत बढेको छ भने जगेडा कोष ५८.१३ प्रतिशत बढेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स