सिबिफिनले गर्यो पूर्वअर्थ मन्त्रीसँग तरलता अभावका विषयमा छलफल

काठमाडौं । पूर्व अर्थमन्त्री फोरमसँग बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले देशको वर्तमान आर्थिक अवस्था, बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव र यसको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयहरूमा छलफल गरेको छ ।

बैंठकमा रेमिट्यान्स बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तार गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयहरुमा वृहत छलफल गरेको छ ।

उक्त बैंठकमा पूर्व अर्थमन्त्रीहरु डा. रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा. प्रकाशचन्द्र लोहनीले उक्त विषयमा आ–आफ्नो भनाइ राखेका थिए । सदस्य सचिव विमल केडियाको पनि उक्त सभामा उपस्थिति रहेको थियो ।

उक्त बैंठकमा सहभागी पूर्व अर्थमन्त्रीहरूलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले पनि परिसंघकातर्फबाट आफ्ना भनाइहरू राखेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स