निक्षेप तान्ने फाइनान्सको रणनीति, मुद्दतिमा ११.७१ प्रतिशत ब्याज

काठमाडौं । वाणिज्य बैंक तथा विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाएसँग त्यसको अनुसरण गर्दै फाइनान्सले पनि ब्याजदर बढाएको छ । वाणिज्य बैंकहरुले ११.०३ प्रतिशत, विकास बैंकहरुले ११.६५ प्रतिशत र फाइनान्स कम्पनीहरुले ११.७१ प्रतिशत ब्याजदर पुर्याएका हुन् ।

वाणिज्य बैंक तथा विकास बैंकहरुले मुद्दति निक्षेपमा ब्याजदर बढाउँदा आफ्नो ग्राहक खोसिने डरमा फाइनान्स कम्पनीले पनि ब्याजदर बढाएका हुन् ।

फागुन १ गतेदेखि वित्त कम्पनीहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम ११.७१ प्रतिशत र संस्थागतमा १०.७१ प्रतिशतसम्म ब्याजदर कायम हुनेछ । रेमिट्यान्स एकाउण्टमा राष्ट्र बैंकको व्यवस्था अनुसार १ प्रतिशत बढी ब्याजदर दिँदा १२।७१ प्रतिशत कायम हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स