फागुनदेखि ब्याजदर अझै महँगिने, व्यक्तिगत मुद्दति निक्षेपकै ब्याजदर ११.०३ प्रतिशत पुग्ने

काठमाडौं । बैंकको ब्याजदर अझै महँगिने भएको छ । फागुनदेखि बैंकहरुले निक्षेपको ब्याजदर बढाउने भएका हुन् । नेपाल बैंकर्स संघको आज बसेको बैठकले फागुनदेखि लागूहुनेगरी सबै प्रकारको निक्षेपमा ब्याजदर बढाउने निर्णय गरेको हो ।

संघको उक्त बैठकले व्यक्तिगततर्फ मुद्दतिमा ११.०३ प्रतिशत र संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको हो । मुद्दति निक्षेपको ब्याजदर बढेसँगै कर्जा पनि ब्याजदर बढ्ने भएको छ ।

बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय बैंकर्स संघले गरेको हो । कार्यसमिति बैठकपछि संघले आफ्ना सदस्यलाई सोही अनुसार निर्णय गर्न निर्देशन दिएको छ ।

बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन् । माघ महिनामा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स