विद्युतीय कर्जाको मार्गदर्शन तयार, अब ईसेवालगायतका सेवा प्रदायकले पनि कर्जा दिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कर्जाको प्रवाहलाई सहजिकरण गर्न मार्गदर्शन जारी गरेको छ । राष्ट्र बैंकले विद्युतीय कर्जा सम्बन्धी मार्गदर्शन जारी गर्दै अब आवश्यकताअनुसार अन्य भुक्तानी सेवा प्रदायक संस्थाहरूको प्रतिनिधि एजेन्ट तथा पीसीओले समेत उक्त कर्जा दिनेदेखि कर्जा असुलीसम्मका कार्य गर्न पाउने भएको छ ।

विद्युतीय माध्यमबाट हुने भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भइरहेकाले पनि मार्गदर्शनको महशुसगरी राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो । साथै केही बैक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको सेवाका लागि विद्युतीय कर्जा प्रवाह गर्दै पनि आइरहेका छन् ।

बैंक तथा वित्तीय संस्थामै भौतिक उपस्थिति नभई कर्जा प्राप्त हुँदा औपचारिक कर्जाको प्रवाहको प्रक्रिया सरलीकृत हुनुका साथै कर्जामा सर्वसाधारणको पहुँच अभिवृद्धि हुने राष्ट्र बैंकको विश्वास छ ।

अधिकतम ५ लाखसम्म कर्जा

बैंक तथा वित्तीय संस्थाहरुमा तलवी खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम ५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाख रुपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सकिनेछ । यस्तो कर्ताको अवधि ३ वर्षसम्म हुनेछ । साथै, कर्जा प्रदान गर्दा÷फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिनेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/विद्युतीय-माध्यमबाट-प्रवाह-हुने-कर्जा-Digital-Lending-सम्बन्धी-मार्गदर्शन-२०७८.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स