सिटिजन्स बैंकको ९२ औं शाखा रहित बैंकिङ सेवा पुर्व रुकुमको महतमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पुर्व रुकुम जिल्लाको भुमे गाउँपालिकाको महतमा ९२ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ उक्त शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी धन बहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९२ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स