काठमाडौं । नेपाल राष्ट्र बैंकले थप २७ वटा वस्तु आयातमा कडाइ गरेको छ । आयातमा कडाइ गरिएका वस्तुमध्ये २३ वटा वस्तु आयातमा शतप्रतिशत मार्जिन र ४ वटामा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले यो व्यवस्था थप गरेपछि अब विदेशबाट आयात हुने ४१ वस्तुमा सतप्रतिशत र ६ वटा वस्तुमा ५० प्रशितशत मार्जिन राख्नु पर्ने भएको छ ।
यसअघि नै राष्ट्र बैंकले १८ वटा वस्तु आयातमा शतप्रतिशत र २ वटामा ५० प्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो ।
यी हुन आयातमा कडाइ गरिएका वस्तुहरू
राष्ट्र बैंकले हार्मोनिक कोर्ड ०३ अन्तर्गत पर्ने माछा र क्रुष्टासियन (झिंगेमाछा जातिका जीव), मोलस्क (बाहिरी खबटा हुने जीव) र ढाडमा हाड नहुने अन्य प्रकारका जलचर (इन्भरटिब्रेट्स) आयातमा शतप्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ ।
हार्मोनिक कोर्ड ०४ अन्तर्गत पर्ने माछा र क्रुष्टासियन (झिंगेमाछा जातिका जीव), मोलस्क (बाहिरी खबटा हुने जीव) र ढाडमा हाड नहुने अन्य प्रकारका जलचर (इन्भरटिब्रेट्स) मा पनि सोही अनुसारको मार्जिन लाग्ने भएको छ ।
सोही अनुरुप ०६ भित्र पर्ने जीवित रुख र अन्य विरुवाहरु, गानो, जरा र यस्तै पदार्थहरु, कलमी विरुवा र सजावटका पातहरूको आयातमा पनि शतप्रतिशत मार्जिन लाग्ने व्यवस्था गरेको छ ।
त्यसरी नै हार्मोनिक कोर्ड ०७१३१००० – केराऊ, हार्मोनिक कोर्ड ०८०२८००० – सुपारी (अरिका नट) हरू, ०८०२९००० – अन्य सुपारी, ०८०३ – प्लान्टन जातका (तरकारीको रुपमा प्रयोग गरिने) केराहरू लगायत ताजा वा सुकाइएका केराहरू आयातमा पनि शतप्रतिशत मार्जिन राखनुपर्ने भएको छ ।
हार्मोनिक कोर्ड ०८०४१००० – खजूर (छोहडा), ०९०४११०० – सुकेको वा पिंधेको खुर्सानी र मरिच, १६ – मासु, माछा, क्रुष्टासियन (झिङ्गे माछा, गंगटो आदि) वा मोलस्क (कडा बाह्य भाग भएका जन्तुहरु) वा अन्य जलचर इनभर्टिब्रेटहरुका तयारी परिकारहरूमा पनि सोही व्यवस्थाअन्तर्गत पर्दछ ।
त्यसरी नै हार्मोनिक कोर्ड १८ – कोको र कोकोबाट बनेका पदार्थ, २० – वनस्पति, फलपूmल, काष्ट फल वा विरुवाको अन्य अङ्गबाट तयार पारिएका परिकारहरू, २१–कफी, चिया वा मेटका सार, रस वा सान्द« (कन्सेन्टे«ट) र तिनै रस वा सान्द«को आधार लिई वा कफी चिया र मेटको आधार लिई बनाइएको तयारी पदार्थहरु भुटिएको चिकोरी र अरु भुटिएका कफी प्रतिस्थापक (सव्स्टिच्यूट) र तिनबाट प्राप्त सार, रस र सान्द«हरू पनि शतप्रतिशत मार्जिन लाग्ने भएको छ ।
मर्चा (सक्रिय वा निष्क्रिय); अन्य एककोषीय सुक्ष्म जीवाणु मरेका, सस र ससको लागि चाहिने परिकार; मिश्रित मसला र मिश्रित मर्मसला; सस्र्यूंको पिठो, मैदा र तयारी सस्र्यूं (मष्टार्ड) पनि शतप्रतिशत मार्जिन लाग्ने भएको छ । सूप र व्रोथ र सोको लागि चाहिने परिकारहरु समरुपी मिश्रित खाद्य परिकार पनि यहि अनुसार मार्जिन राख्नुपर्नेछ ।
कोको मिसिएको वा नमिसिएको आइसक्रिम र अन्य खान योग्य आइस, हार्मोनिक कोर्ड २३ – खाद्य उद्योगबाट प्राप्त अवशेष र रद्दी पदार्थहरु; जीवजन्तुको आहार, ३२ – छाला प्रशोधन वा रङ्ग सम्बन्धी निष्कर्षणहरु (डाइङ, एक्स्ट्राक्ट); ट्यानिनहरु (छाला पाको गर्ने वा मसी बनाउन प्रयोग हुने रुखबाट पाइने स्तंभक पदार्थ) र त्यसका ब्युत्पतिहरु; रंजक (डाइज), वर्णक (पिगमेण्ट) र अन्य रङ्गाउने पदार्थहरु; रङ्गलेप (पेण्ट) र रोगन (वार्निस) हरु; पुटिन (पुट्टी) र अन्य खोटो पदार्थ (म्यास्टिक्स) हरु; मसीहरूमा पनि शतप्रतिशत मार्जिन लाग्ने भएको छ ।
हार्मोनिक कोर्ड ३४ – सावुन, बाह्य भागमा असर पार्ने प्राङ्गारिक (सर्फेस एक्टिभ एजेण्ट), धुने काममा प्रयोग हुने वस्तुहरु, चिल्लो पार्ने साधनहरु, कृत्रिम मैन, तयारी मैनहरु, चम्काउने वा माझ्ने साधनहरु, मैनबत्ती र यस्तै वस्तुहरु, नमूना बनाउने लेदो (मोडलिंग पेष्ट), ‘दाँत बनाउने मैनहरू (डेन्टल वैक्सेस) र प्लाष्टरमा आधारित दाँत सम्बन्धी तयारी सामानहरुमा शतप्रतिशत मार्जिन राख्नुपर्ने भएको छ ।
हार्मोनिक कोर्ड ३९ – प्लाष्टिक र प्लाष्टिकका सामान, ४२ – तयारी छालाबाट बनेका सामानहरु; घोडा हात्तीको काठी हौदा र साजहरु; सफरका सरसामान, झोला र यस्तै प्रकारका सामान राख्ने वा आधानपात्र (कन्टेनर्स) (थैलो); रेशम किराको बाहेक अरु जीव–जन्तुको आन्द«ाबाट बनेका–सामान सोही सूचीमा परेका छन् ।
हार्मोनिक कोर्ड ५७ – गलैचा (कार्पेट) र कपडा पदार्थका अन्य भूंई ढाक्ने वस्तुहरु (फ्लोर कभरिङ्गस), ७१ – प्राकृतिक वा संवर्धित मोती, बहुमूल्य वा अर्धबहुमूल्य पत्थरहरु, बहुमूल्य धातुहरु, बहुमूल्य धातुको आवरण चढाएका धातुहरु, र तिनीहरुबाट बनेका वस्तुहरु; नक्कली गहना; मुद«ा (क्वाइन) मा पनि शतप्रतिशत मार्जिन लाग्ने राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
हार्मोनिक कोर्ड ८२ – अपधातु (बेसमेटल) का औजारहरु (टुल्स), उपकरणहरु (इम्प्लिमेन्टस्), चक्कु, स्यांगीहरु (कटलरी), चमचा र कांटाहरु (स्पून एण्ड फौक्र्स); अपधातु (वेस मेटल)का तिनका अङ्गहरु (पार्ट्स) पनि सोही प्रतिशत मार्जिन राख्नुपर्ने छ ।
हार्मोनिक कोर्ड ९१ – ठूलो घडी (क्लौक्स) हरु र सानो घडी (वाचेज) हरु र तिनका पार्टपुर्जाहरु, ९४ – फर्निचर; शय्योपकरण वा बर बिछ्यौनाहरु (बेडिङ्ग)ं, डस्ना, लम्पट वा गद्दाहरु (म्याट्रेसेज), खाट वा पलङ्गहरु (म्याट्रेस सपोर्टस), गद्दादार चकटी र तकियाहरु (कुशन्स); तथा यस्तै किसिमका केही वस्तु कोचेर वा ठुसेर गद्दा जस्तो बनाइएका (स्टफ्ड) सजावटका सामानहरु (फर्निशिङ्गस); बत्ती (ल्याम्प) र बत्ती जडानका सामग्रीहरु (लाइटिङ्ग फिटिङ्गस), अन्यत्र उल्लेख नभएका;प्रदीप्त शीर्षकहरु (इल्यूमिनेटेड् साइन्स), प्रदीप्त नामपट (इल्यूमिनेटेड नेमप्लेट्स) र यस्तै वस्तुहरु; पूर्व विरचित भवनहरु (प्रिफ्याब्रिकेटेड बिल्डिङ्गस) पनि शतप्रतिशत मार्जिन राख्नुपर्ने भएको छ ।
हर्मोनिक कोर्ड ९७ – कलाकृति, संग्रहकर्ताको संग्रहणीय वस्तुहरु (कलेक्टर्स पिसेज) र पुरातात्विक वस्तुहरु (एण्टिक्स) मा पनि शतप्रतिशत मार्जिन राख्नुपर्ने भएको छ ।
५० प्रतिशत मार्जिन लाग्ने वस्तुहरू
हार्मोनिक कोर्ड ६० – सियोले बुनेको (निटेड) वा हुक सियोले बुनेको (क्रोशिड) कपडा, ६१ – सलाईले बुनेको (निटेड) वा कुरुसले बुनेको (क्रोशिड) पोशाक र परिधान सहायक (क्लोदिङ एक्सेसरीज) का वस्तुहरु आयातमा भने ५० प्रतिशतमात्रै मार्जिन राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
हार्मोनिक कोर्ड ६२ – सलाई वा कुरुसले नबुनिएका (नौट निटेड् वा क्रोशिड्) पोशाक र परिधान सहायक वस्तुहरु, ६३ – कपडाका अन्य तयारी सामानहरु; समूहहरु (सेट्स); पुराना लुगाफाटा र पुराना कपडाका वस्तुहरु; कपडाका झुत्राहरु (¥याग्स) मा आयातमा पनि ५० प्रतिशत मार्जिन राख्नुपर्नेछ ।