क्रिप्टोकरेन्सीको कारोबारमा नलाग्न आम नागरिकलाई राष्ट्र बैंकको यस्तो छ २७ उपबुँदे सूचना (पत्रसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न नहुन आग्रह गरेको छ । राष्ट्र बैंकले आज मंगलबार ५ बुँदे चेतनामूलक सन्देशभित्र २७ वटा उपबुँदाहरू उल्लेख गरेर सर्वसाधारणलाई क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ सम्बन्धमा जानकारी गराएको हो ।

नेपालीहरू पनि क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको भन्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले यस्तो चेतनामूलक सामग्रीमा सार्वजनिक गरेको हो । ‘यस्तो कारोरबारमा नलाग्न राष्ट्र बैंकले आम नागरिकलाई सचेत गराएको छ ।

‘क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने तथा कानुनी झन्झट आउन सक्छ,’ राष्ट्र बैंकले भनेको छ ‘ नेपालमा क्रिप्टोकरेन्सीको कारोबारमा बन्देज लगाइएको छ । यस्तो कारोबार गर्नु गैर कानुनी मानिन्छ ।’

‘क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ कारोबारले वित्तीय ग्राहक सुरक्षामा समेत चुनौति थपिने, ठगी कर छलि जस्ता क्रियाकलापहरू बढ्ने, वित्तीय स्थायित्व तथा मौद्रिक नीतिमा असर गर्ने जनाएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/Crypto_for_Financial_Literacy_Final-2-1.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स