सिटिजन्स बैंकद्वारा कल सेन्टर संचालनमा

काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङको नयाँ सिटिजन्स सर्पोट सेन्टर सेवा संचालनमा ल्याएको छ । बैंकले आइतबार (माघ २३ गते)देखि कल सेन्टर संचालनमा ल्याएको हो ।

योसँगैं अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् । ग्राहकहरूले ५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी कल सेन्टरको सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकको अनुसार हालका लागी यो सेवा ८ घण्टा संचालन हुने र विस्तारै सेवाको समयावधि पनि थप्दै लगिने छ ।

देशभरी रहेका १३ लाखभन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसगै बैकसँग थप नजिक हुन सहज हुने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स