मूल्यको आधारमा बैंकको सेयरमा लगानी गर्दा हुने फाइदा ३ प्रतिशत पछि छैनः सिविफिन अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) अध्यक्ष पवन गोल्यानले मूल्यको आधारमा बैंकको सेयरबाट लगानीले ३ प्रतिशत पनि फाइदा लिन नसकेको बताएका छन् ।

सिविफिनले आईतबार तरलता अभाव हुनुको कारण पत्ता लगाउन र समाधानको उपाय सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा अध्यक्ष गोल्यानले सो बताएका हुन् ।

लगानीकर्तालाई लाभांश वितरण गर्नका लागि पनि बैंकहरु आक्रमक हुनुको विकल्प नरहेको गोल्यानको भनाइ छ ।

‘लगानीकर्तालाई १० देखि १५ प्रतिशत लाभांश दिन नसक्ने कम्पनीमा कसले लगानी गर्छ,’ गोल्यानले भने, ‘बैंकहरुको औसत सेयर मूल्यका आधारमा हेर्दा त्यसको लाभ ३ प्रतिशत पनि छैन ।’

ट्रेडिङ र उत्पादन मुलुक उद्योगको वित्तीय विवरण र त्यसमा त्यसबाट प्राप्त हुने लाभ कतिको छ ?

त्रैमासिक र मासिक वित्तीय विवरण सार्वजनिक गर्ने भएकाले बैंक अन्य संस्थाको तुलनामा पारदर्शी भएको उनले बताए ।
बैंकको हरेक वर्ष र हेरक त्रैमासिक प्रतिवेदनमा नाफा घटेको देखिने उनको दावी छ ।

निरपेक्ष रुपमा हेर्दा बैंकको नाफा बढेको देखिन्छ । तर प्रतिसेयर आम्दानी भने प्रत्येक वर्ष घटेको छ ।

बैंकहरुले नगद लाभांशको तुलनामा बोनस सेयर वितरण गर्नु पर्ने बाध्यतात्मक स्थितिका कारण प्रत्येक वर्ष रकमका आधारमा नाफा बढेको देखिन्छ ।

तर प्रतिसेयर आम्दानीसँग तुलना गर्दा नाफा घट्दो क्रममा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स