कञ्चनपुरको बेलौरीमा बंगलादेश बैंकको नयाँ शाखा

काठमाडौं । नेपाल बंगलादेश बैंकले कञ्चनपुरको बेलौरी नगरपालिकामा १०० औं शाखा विस्तार गरेको छ । बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा विस्तार गरेको हो ।

शाखाको उद्घाटन बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको समुस्थितिमा भएको थियो ।

साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
बैंकले आम सर्वसाधारणलाई ८ एक्सटेन्सन काउन्टर, ८१ वटा एटीएमबाट बैंकिङ सेवा दिइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स