नेपाल बैंकको वितरणयोग्य नाफा साढे ३ अर्ब

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४० प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३३ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा करिब साढे ३ अर्ब ४९ करोड पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.९८ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा २८.३५ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८७ करोड ९६ लाख रुपैयाँबाट घटेर ४१ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ५८ पैसाले बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.२६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ १९ पैसा रहेको छ ।

गत आर्थिक वर्षमा १२ प्रतिशत बोनससेयर वितरण गरी चुक्ता पूँजी बढाएको बैंकको जगेडा कोष समीक्षा अवधिमा ९.९९ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १४.९९ प्रतिशत र कर्जा ३०.२३ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स