मेगा बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, ईपीएसमा पनि सुधार

काठमाडौं । मेगा बैंक नेपालले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.१६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३८.९५ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ४६.३० प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८० करोड ६४ लाख रुपैयाँबाट बढेर ८४ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ३ रुपैयाँ ६४ पैसा बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २३.२ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ११ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ११.५४ प्रतिशत बढेको छ । जगेडा कोष १५.९२ प्रतिशत बढेको छ । बैंकको निक्षेप ७.०४ प्रतिशत र कर्जा २४.२८ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स