७ लाख माथिको कारोबार गर्ने राष्ट्र बैंकको निगरानीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ लाख रुपैयाँभन्दा माथिको कारोबार गर्दा मात्र स्रोत खुलाउनु पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले माघ १८ गते वाणिज्य बैंकहरुका सीईओहरुलाई सम्बोधन गरेर पठाएको पत्रमा ७ लाखभन्दा बढी नगद कारोबार गर्नेहरुको सम्पूर्ण विवरण पठाउन निर्देशन गरिएको छ ।

पछिल्लो समय क्रिप्टोकरेनसी, हाइपर फण्ड लगायतका भर्चुअल करेनसीमा लगानी बढी रहेकाले राष्ट्र बैंकले ७ लाखभन्दा बढी नगद कारोबार गर्नेको विवरण माग गरेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्त कम्पनीमा ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद कारोबार गर्दा आय स्रोत खुलाउनु पर्दैन । साथै, १० लाख रुपैयाँभन्दा बढी रकम कारोबार गर्दा चेक मार्फत गर्नु पर्छ ।

राष्ट्र बैंकले अहिले बैंकका सीईओहरुलाई पठाएको पत्र अनुसार स्रोत नखुलाई गर्न सकिने कारोबारको सीमालाई ७ लाखसम्म बनाउन खोजिएको हो कि भन्ने एक बैकर्स बताउँछन् ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको सम्पती शुद्धिकरण इकाईले २०७८ साउन १ गतेदेखिको पुस ३० गतेसम्मको प्रति कारोबार ७ रुपैयाँ वा सो भन्दा बढी नगदमा भएको कारोबारको विवरण माघ २४ गते अगावै पठाउन भनेको छ ।

जसअनुसार अब ४ दिनभित्रै खातावालाको नाम, कारोबार गरिएको रकमको विवरण, मिति, प्रयोजन, माध्यम लगायतका विवरण समावेश गरी वाणिज्य बैंकहरुले राष्ट्र बैंकमा तथ्यांक पठाउनु पर्ने हुन्छ ।

यसरी, पठाइएको विवरण अध्ययनकै आधारमा सुपरिवेक्षण विभागको सिफारिसमा राष्ट्र बैंकले नगद कारोबारमा हाल रहेको व्यवस्था परिवर्तन गर्न सक्ने स्रोतको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स