लक्ष्मी बैंकको नाफा साढे १ अर्ब माथि, ईपीएसमा त्यति सुधार देखिएन

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.२० प्रतिशत बढी हो ।

बैंकले अघिल्लो आवमा १ अर्ब ४१ करोड खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.०१ प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा ७.६६ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ४७ करोड ५२ लाख रुपैयाँबाट बढेर ५६ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ३ पैसा बढेर १४ रुपैयाँ ४१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.४१ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ३२ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष ४७.२९ प्रतिशत बढेको छ । बैंकको निक्षेप १६.५० प्रतिशत र कर्जा १९.८६ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स