राष्ट्र बैंकले बैंकहरूलाई २१ करोड निक्षेप दिने, यस्ता छन् शर्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २१ करोड रुपैयाँ निक्षेप दिने भएको छ । राष्ट्र बैंकले खुद तरलता अनुपात २० प्रतिशत तथा सीडी रेसियो समय सयममा निर्धारण गरेको सीमा रहेका बैंक तथा वित्तीय संस्थाले उक्त निक्षेप लिन पाउने छन् ।

राष्ट्र बैंकले बिहिबार एक सूचना जारी गर्दै अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषको रकम सीडी रेसियो अनुपात सीमा भित्र रहेका बैंकहरूमा मात्र राख्ने सर्त सहित बोलबोल आह्वान गरेको हो ।

कोषमा रहेको रकम तोकिएको सर्त पूरा गरी १ वर्षे मुद्दती निक्षेपमा लिन चाहने बैंक तथा वित्त कम्पनीलाई माघ २४ गते भित्र ब्याजदर प्रस्ताव गरी आवेदन पेश गर्न भनेको छ ।

सो रकम राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १६ करोड ८० लाख रुपैयाँ, विकास बैंकहरुमा ३ करोड १५ लाख रुपैयाँ, वित्त कम्पनीहरुमा १ करोड ५ लाख रुपैयाँ २०७८ फागुन ४ गतेदेखि १ वर्षे मुद्दती निक्षेपमा राख्न लागेको हो ।

सो रकम मुद्दती निक्षेपमा लिनका लागि बैंक तथा वित्त कम्पनीहरू सञ्चालनमा आएको कम्तीमा २ वर्ष भएको, खराब कर्जा ५ प्रतिशतभन्दा कम भएको, तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको सीमा भित्र हुनु पर्ने, अघिल्लो आव संस्था नाफामा रहेको हुनुपर्ने र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने लगायतका तोकिएको सर्त पूरा गरेको हुनपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स