लक्ष्मी बैंकको ब्रान्ड फिल्म निर्माण गर्नका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा

काठमाण्डौ । लक्ष्मी बैंकको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा ब्रान्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ।

यस प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्रान्ड फिल्म निर्माण गर्नका लागि २० लाखको कन्ट्रयाक्ट हात पार्नेछन्।

यो प्रतियोगिता लक्ष्मी बैंकको Crowdsouring मा आधारित तेस्रो प्रतियोगिता हो। यसअघि बैंकले २०१८ मा’My Card Ideas’ र २०२० मा ‘My Mobile Money’ Video Contest’ मा उत्साहजनक सफलता पाइसकेको छ।

यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मूल मान्यताहरुमा आधारित रहेको छ #Relationships, #Explorers, #Teamwork, #Responsible, #Progressive। जसका आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ ।

सबै प्रतियोगी इन्ट्रीहरुलाई एक्सपर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरुलाई मध्यनजर गर्दै जज गरिनेछ।

यस विषयमा थप जानकारीका लागी यहाँ क्लिक गर्नुहोस् : https://www.laxmibank.com/brand-film-contest/

बैंकले यस्तै अभियानहरुद्वारा ग्राहकलाई आफ्ना रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स