नेपाल इन्भेष्टमेन्टको नाफा साढे ३ अर्ब माथि, ईपीएस पनि साढे २२ रुपैयाँ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.६९ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ४२ करोड नाफा आर्जन गरेको थियो । बैंकको अन्य इम्पेरमेन्ट चार्ज घटेपछि खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ मात्रै रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.२० प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा ४९.५० प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँबाट बढेर ३७ करोड ७९ लाख रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर (ईपीएस) आम्दानी पनि बढेको छ । बैंकको ईपीएस आम्दानी ५ रुपैयाँ ४५ पैसा बढेर २२ रुपैयाँ ४६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.३८ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ४८ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.०९ प्रतिशत बढेको छ भने जगेडा कोष २३.८७ प्रतिशत बढेको छ । बैंकको निक्षेप ४.९३ प्रतिशत र कर्जा १६.१५ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स