फाइनान्स कम्पनीले नाफा खुम्चाए, बेष्ट फाइनान्स अग्रस्थानमा आउँदा अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश फाइनान्स कम्पनीको नाफा खस्किएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १५ फाइनान्स कम्पनीमा ९ वटा फाइनान्स कम्पनीले नाफा घटेको छ ।
यो अवधिमा गोर्खाज फाइनान्सको नाफा सबैभन्दा धेरै ८८.६४ प्रतिशतले घटेको छ भने सबैभन्दा बढी नाफा बेष्ट फाइनान्सले कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा १० करोड ३ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा १४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने गत वर्षको यो अवधिमा १७ करोड कमाएको गोर्खाज फाइनान्सले यो वर्ष १ करोड ९३ लाख रुपैयाँमात्र कमाएको छ । उक्त फाइनान्सको नाफा गत आवको सोही अवधिको तुलनामा ८८.६४ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा घाटामा रहेका ३ फाइनान्स कम्पनी पनि यस वर्ष नाफामा पुगेका छन्।् । गत वर्ष घाटामा देखिएका बेष्ट फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्स नाफामा पुगेका हुन्।् ।

त्यसरी नै गत आवको यो अवधिमा घाटामा रहेको नेपाल फाइनान्सले यस वर्ष ३ करोड ३२ लाख नाफा गरेको छ । कम्पनीले चालु आवको यो अवधिमा ९५२.८२ प्रतिशतले वृद्धि भएको छ ।

अन्य फाइनान्सको जस्तै आईसीएफसी फाइनान्सले भने चालु आवको यो अवधिमा नाफा घटाएको छ । उक्त फाइनान्सले नाफा घटाएपनि बढी नाफा आर्जन गर्ने फाइनान्स कम्पनीमा भने दोस्रो स्थानमा परेको छ । आईसीएफसीले चालु आवको यो अवधिमा ९ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको यो अवधिमा फाइनान्सको नाफा १२ करोड २५ लाख रुपैयाँ रहेको छ ।

गुडविल फाइनान्सले चालु आवको यो अवधिमा ७ करोड ९१ लाख रुपैयाँ कमाएको छ । उक्त कम्पनीको नाफा गत आवको सोही अवधिमा ५ करोड ५४ लाख रुपैयाँमात्रै थियो ।

श्री इन्भेष्टमेन्ट फाइनान्सले चालु आवको ४ करोड ६२ लाख रुपैयाँ कमाएको छ । यद्यपि उक्त फाइनान्सको नाफा पनि गत आवको सोही अवधिको तुलनामा करिब २२ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आईसएफसी फाइनान्स, मञ्जुश्री फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, गुह्वेश्वरी फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, गोर्खाज फाइनान्स र समृद्धि फाइनान्सले नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेका छन्।् ।

यस्तो छ १५ फाइनान्सको नाफा

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स