हायर पर्चेज कम्पनीको ब्याजदरमा लगाम, औषतभन्दा ४ प्रतिशतसम्म ब्याज लिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीको ब्याज दरमा कडाई गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (तेस्रो संशोन २०७८)’नयाँ निर्देशन जारी गर्दै ब्याज दरमा कडाई गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा लेखिएको छ, ‘ औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्नेछ ।’ हायर पर्चेज कम्पनीले वस्तु (सवारीसाधन, मेसिन, इक्विपमेन्टलगायत) बिक्री गर्छ ।

हायर पर्चेज कर्जा दिने कम्पनीको न्यूनतम चुक्ता पुँजी (साधारण सेयर) ३० करोड रुपैयाँ हुनु पर्नेछ ।

हायर पर्चेज कम्पनीले प्रत्येक २ वर्ष २ लाख रुपैयाँ शुल्क बुझाएर नवीकरण गर्नुपर्नेछ । उक्त अवधिभित्र नवीकरण हुन नसकेमा लाग्ने दस्तरमा १० प्रतिशत थपगरी भदौ मसान्तसम्म र २० प्रतिशत थपगरी असोज मसान्तसम्ममा नवीकरण गर्न सकिनेछ । तत्पश्चात पनि नवीकरणको लागि निवेदन नदिएमा हायर पर्चेज कर्जा कारोबार गर्न दिएको स्वीकृति स्वत रद्द हुनेछ ।

कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । कम्पनीले ग्राहक, फर्म, कम्पनी वा समूहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रयमासको खुद सम्पत्तिको बढीमा ३० प्रतिशतसम्म काय गरिएको राष्ट्र बैंकको सूचना लेखिएको छ ।

आपसी सम्बन्ध भएका ग्राहकको समूहलाई सर्तसहित एउटै समूह मान्ने ब्यवस्था गरिएको छ। जस्तो कुनै कम्पनीले अर्को कम्पनीको २५ प्रतिशत वा त्योभन्दा बढि सेयर लिएको भएमा त्यस्ता कम्पनीलाई एउटै समूह मानिने छ ।

राष्ट्र बैंकमा गरिने रिपोर्टिङमा पनि कडाइ गरिकएछ । ठूला ३० ऋणको विवरणसहित कुल संख्या र रकम पठाउनु पर्ने हुन्छ ।

कर्जा वर्गीकरण तथा कर्जा नोक्शानी ब्यवस्थामा पनि थप ब्याख्या गरिएको छ । हायर पर्चेज कम्पनीले ग्राहकबाट किस्ता रकम असुल हुन नसकी बक्यौता रहेमा त्यस्तो किस्ता रकम ५ महिनाभन्दा बढि अवधिको भाखा नाघेमा बक्यौता किस्ता रकमलाई शंकास्पद कर्जामा वर्गीकरण गर्नु पर्छ ।

यसरी वर्गीकरण गरी ५० प्रतिशत नोक्शानि ब्यवस्थापन कायम गर्नु पर्ने छ। किस्ता रकम एक बर्षभन्दा बढि अवधिले भाका नाघेमा सम्पूर्ण कर्जा रकमलाई खराब बर्गमा वर्गीकरण गरी सत् प्रतिशत नोक्शानी ब्यवस्था कायम गर्न भनिएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/Notice-No.-11-hirepurchase-with-manual.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स