सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीहरुलाई अघि बढ्न र बढाउन सहकारी विकास बोर्डको भूमिका महत्वपूर्ण छः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् ।

मन्त्रालयमा आज (बिहीबार) आयोजित राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्षमा नियुक्त हुनु भएका मित्रराज दवाडीलाई नियुक्ति पत्र प्रदान र प्रतिबद्धता जाहेर कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुर्नजीवन पाएको भन्दै सहकारी क्षेत्रलाई सहि दिशामा लैजान बोर्डले अहम् भुमिका खेल्नु पर्ने बताइन् ।

सहकारी बोर्डको अध्यक्ष समेत रहेकी मन्त्री श्रेष्ठले नीतिगत रुपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउदै देशको सापेक्षता र मौलिक ढंगबाट अगाडी बढाउनु पर्नेमा जोड दिइन् ।

उनले संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्वे नीति अनुरुप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिदै सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधै साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग अहिले चुनौति र अवसर दुवै रहेकाले संभावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्न महत्वपूर्ण भुमिका खेल्नु पर्नेमा समेत जोड दिइन् ।

कार्यक्रममा मन्त्रालयमा सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रको सुधार आवश्यक रहेको औल्याउदै सहकारी बोर्डको आवश्यकता र औचित्य अझै छ भन्नेकुराको पुष्टी गर्नु आवश्यक रहेको बताए । ।

राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सहअध्यक्ष मित्रराज दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत रुपमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स