कुमारी बैंकको नाफामा छलाङ, अन्य सूचक पनि सुधार

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब १५ करोड ८५ लाख नाफा गरेको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ६९.१६ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ४६ करोडबाट बढेर ५४ करोड पुगेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षमा १०.८५ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पूँजी बढाएको यस बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ५ रुपैयाँ १७ पैसा बढेर १४ रुपैयाँ ४२ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष ७.८३ प्रतिशत बढेको छ । निक्षेप २७.५८ प्रतिशत र कर्जा २४.६४ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स