मर्जर भाडिएको हिमालयन बैंकले कमायो ७५ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८० प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ८।९१ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी ४१.६४ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ७.६६ प्रतिशत बढेको छ । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २४ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ रुपैयाँ २३ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ११ रुपैयाँ ४७ पैसामा झरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पुँजी २१.३८ प्रतिशत बढेको छ भने जगेडा कोष २१.७० प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १७.३७ प्रतिशत र कर्जा १.।५४ प्रतिशत बढेको छ ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४२.२१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स