साढे ३३ अर्ब नाफा गर्दा पनि १८ वाणिज्य बैंकको प्रतिसेयर आम्दानी घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले नाफा बढाए पनि प्रति सेयर आम्दानी भने घटेको छ । बैंकहरुले दोस्रो त्रैमासमा साढे ३३ अर्ब नाफा कमाउँदा १८ बैंकको प्रतिसेयर आम्दानी (इपीएस) भने घटेको छ ।
जसमा ८ बैंकको प्रतिसेयर आम्दानी बढेको छ एक बैंकको स्थिर देखिएको छ ।

दोस्रो त्रैमासको अवधिमा बैंकहरुले बोनस सेयर वितरण गर्दा बैंकको प्रति इपीएस घटेको हो ।

प्रतिसेयर आम्दानी बढाउनेमा एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई, माछापुच्छे बैंक, नेपाल एसबीआई बैंक, एनसीसी बैंक, सेञ्चुरी बैंक र सिभिल बैंक रहेका छन् ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको इपीएस स्थिर रहेको छ ।

कम्पनीको पुँजी र नाफाका आधारमा ईपीएसको अनुमान गरिन्छ ।

दोस्रो त्रैमासमा सिभिल बैंकको प्रति सेयर आम्दानी सबैभन्दा धेरै बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.१३ रुपैयाँ बढेको छ । २०७७ पुसमा बैंकको प्रतिसेयर आम्दानी २.५३ रुपैयाँ थियो भने चालु पुसमा ११.६६ रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमासमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी नबिल बैंकको घटेको छ । बैंकको प्रतिसेयर आम्दानी १६.४५ रुपैयाँले घटेको छ । २०७७ पुसमा बैंकको प्रतिसेयर आम्दानी ४०.०४ रुपैयाँ थियो भने चालु पुसमा २३.५९ रुपैयाँमा झरेको छ ।

यस्तो छ बैंकहरुको प्रतिसेयर आम्दानी

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स