मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खातामा ७.३५ प्रतिशत व्याज पाइने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको लागि नयाँ ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ संचालनमा ल्याएको छ । बैंकले आकर्षक व्याजदरसहितको ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ संचालनमा ल्याएको हो ।

मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खातामा ग्राहकहरुले १० हजारको न्यूनतम मौजदातमा खाता खोल्न सक्नेछन् जसमा बैंकले ग्राहकहरुलाई वार्षिक सर्वाधिक ब्याजदर ७.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स