महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले बुद्धनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ मार्फत उक्त सहयोग गरेको हो ।

उक्त विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् र विभिन्न रोगहरुबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शखमुल शाखाका शाखा प्रबन्धक पुन्य श्रेष्ठले बताए ।

यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स