राष्ट्र बैंकले ल्यायो विदेशी ऋण ल्याउने नयाँ व्यवस्था, लाइबोरको सट्टा ‘वान इयर बेञ्चमार्क इन्ट्रेष्ट’, यस्ता छन् ऋण ल्याउने आधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘वन इयर लाइबोर’ को सट्टामा ‘वान इयर बेञ्चमार्क इन्ट्रेष्ट’ कार्यान्वयनमा ल्याएको छ । चार दशकदेखि विश्वव्यापी वित्तीय क्षेत्रमा ब्याजदर निर्धारणको बेञ्चमार्कको रुपमा रहेको ‘लाइबोर खारेजपछि नेपाल राष्ट्र बैंकले नयाँ बेञ्चमार्क प्रयोगमा ल्याएको हो । यसले यो ब्याजदरमा खासै असर नपार्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आइतबार एक निर्देशन जारी गर्दै ‘वान इयर लाइबोर’ दरमा अधिकतम १.२५ प्रतिशतको सट्टामा ‘वान इयर बेञ्चमार्क इन्ट्रेस्ट’ दरमा अधिकतम १.७५ प्रतिशत कायम गरेको छ ।

राष्ट्र बैंकले ‘बेञ्चमार्क इन्ट्रेष्ट’ भन्नाले ‘सेक्योर्ड ओभरनाइट फाइनान्सिङ रेट (एसओएफआर), ब्रिटिस पाउन्ड अर्थात जीबीपीमा अंकित नयाँ ऋणका लागि स्टर्लिङ इन्टर बैंक एभरेज रेट (एसओएनआईए), स्वीस फ्र्यान्ङ अर्थात सीएचएफमा अंकित नयाँ ऋणका लागि स्विस एभरेज रेट ओभरनाइट (एसएआरओएन) लागू हुने छ ।

राष्ट्र बैंकले जापानिज ऐन अर्थात जेपीवाईमा अंकित नयाँ ऋणको लागि टोकियो ओभरनाइट एभरेज रेट (टीओएनए) र युरोमा अंकित नयाँ ऋणका लागि युरो सर्ट टर्म रेट (इएसटीइआर) लागू हुने छ ।

लाइबोर रेट पाँच अन्तर्राष्ट्रिय मुद्रा (बेलायती पाउन्ड स्टर्लिङ, अमेरिकी डलर, स्विस फ्र्याङ्क, युरो र जापानी येन) मा गणना गरिँदै आएको थियो । सो खारेज भएपछि राष्ट्र बैंकले यिनै मुद्राको ब्याज दरलाई आधार मानेर नयाँ ‘बेञ्चमार्क रेट’ कार्यान्वयनमा ल्याएको हो ।

लाइबोर नयाँ वर्ष २०२२ को पहिलो दिनबाट नै फेजआउट भइसकेको छ । नेपालले कतिपय ऋणहरु लाइबोरका आधारमा ल्याएका थिए । लाइबोर खारेजपछि सो ऋणमा अन्योल देखिएको थियो । त्यसैलाई सम्बोधन गर्दै राष्ट्र बैंकले नयाँ बेञ्चमार्क कार्यान्वयनमा ल्याएको हो ।

साबिकको ऋण सम्झौतामा २०२१ पछि लाइबोरको सट्टामा ‘फलब्याक प्रोभिजन्स’ व्यवस्था भएको हकमा त्यही बमोजिम गर्न राष्ट्र बैंकले सुझाएको छ ।

तर, त्यस्तो फलब्याक प्रोभिजनमा एसओएफआर, एसओएनआइए, एसआरओएन, टिओएनए वा इएसटीईआर उल्लेख भएमा साविकको लाइबोरमा आधारित स्वीकृत मार्जिनमा ऋणदाता र ऋणी दुबैको सहमतिमा अधिकतम ५० आधार विन्दु मार्जिन थप गर्न सकिने सुविधा राष्ट्र बैंकले दिएको छ ।

लाइबरको सट्टामा फलब्याक प्रोभिजन व्यवस्था नभई त्यस्तो ऋण डलरमा अंकित भई लाइबर बेञ्चमार्क ब्याजदर ओभरनाइट, एक महिना, तीन महिना, ६ महिना वा १२ महिना अवधि भएको हकमा ३० जुन २०२३ सम्म (त्यस्तो लाइबोर बेञ्चमार्क प्रकाशन भएको हकमा) साविक बमोजिम हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स