विकास बैंकले कर्जा नोक्सानी व्यवस्था गर्न साढे १ अर्ब प्रोभिजिङ गरे, कुनको कति ?

काठमाडौं । विकास बैंकहरुले साढे १ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजिङ) गरेका छन् । १६ विकास बैंकहरुले मंसिर मसान्तसम्म १ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ प्रोभिजिङ गरेका हुन् ।

कर्जा लगानीबाट हुन सक्ने वित्तीय जोखिमलाई न्युनिकरण गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अनिर्वाय प्रोभिजिङको व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो नाफाबाट प्रोभिजिङ गर्ने गर्छन् ।

यद्यपि बैंकहरूले कर्जा नोक्सानीका लागि गरेको व्यवस्था गत आर्थिक वर्षको अन्त्यको तलुनामा भने कम हो ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३९ अर्ब रुपैयाँ यस्तो कर्जा व्यवस्थापनको लागि छुट्याएका थिए । यद्यपि गत कार्तिकको प्रोभिजिङभन्दा भने मंसिरमा प्रोभिजिङ रकम बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षमा ३३ अर्ब ८६ करोड प्रोभिजन गरिएको थियो । ठूलो रकम प्रोभिजिनिङ गर्नुपर्दा यसको असर बैंकको नाफामा परेको थियो । चालु आर्थिक वर्ष लागेदेखि बैंकहरूको यस्तो प्रोभिजिङ घट्दै गएपछि अब केही राहत मिल्ने देखिएको छ ।

निर्धारित समयभित्र कर्जा उठ्न नसकेपछि राष्ट्र बैंकले कर्जा नोक्सानीको व्यवस्था गर्न लगाएको हो । चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकको मात्र कर्जा नोक्सानी बढेको देखिएको छ ।

सो प्रोभिजिङ अहिले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएपनि कार्तिक महिनाकोभन्दा भने बढेको छ । कार्तिक महिनामा बैंकहरूले खराब कर्जा व्यवस्थापनको लागि ७ अर्ब ६३ करोड रुपैयाँ प्रोभिजिङ गरेका थिए ।

राष्ट्र बैंकका अनुसार मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरू प्रवाह गरेको कर्जामध्ये ‘साधारण लोन लस प्रोभिजिङ’ मा ९ अर्ब ४२ करोड रुपैयाँ व्यवस्थापन गरिएको छ भने ‘पास लोन लस प्रोभिजिङ’ मा ६ अर्ब २५ करोड, ‘वाच लिष्ट प्रोभिजिङ’ १ अर्ब ६८ करोड, ‘स्पेशल लोन लस प्रोभिजिङ’ मा २ अर्ब ६३ करोड र ‘एडिष्नल लोन लस प्रोभिजिङ’मा ५४ करोड रुपैयाँ छुट्याएको छ ।

यस्तो छ विकास बैंकहरुको प्रोभिजिङ

विकास बैंकहरुमध्येमा सबैभन्दा धेरै रकम मुक्तिनाथ विकास बैंकले प्रोभिजिङ गरेको छ । बैंकले २९ करोड रुपैयाँ प्रोभिजिङ गरेको छ ।

२२ करोड ३४ लाख रुपैयाँ प्रोभिजिङसहित महालक्ष्मी विकास बैंक दोस्रो स्थानमा छ ।

गरिमा विकास बैंकले १५ करोड रुपैयाँ प्रोभिजिङ गरेको छ ।

नारायणी विकास बैंकले सबैभन्दा थोरै ८ लाख रुपैयाँको प्रोभिजिङ गरेको छ ।

चालु आवको पहिलो ५ महिनासम्म कर्णाली विकास बैंकले प्रोभिजिङ गरेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स