१० विकास बैंकमध्ये कसको नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष पुससम्म वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकमध्ये सबैभन्दा अग्रस्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६० करोड २४लाख रुपैयाँ आर्जन गरेको हो । यद्यपि बैंकले गरेको सो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा २.१४ प्रतिशतले कम हो ।

प्रतिशतका हिसावले नाफा बढाउनेमा सांग्रिला विकास बैंक रहेको छ । बैंकले गत आवको तुलनामा चालु आवको यो अवधिमा ४० प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले नाफा अंकका हिसावले कम भएपनि प्रतिशतका हिसावले भने हालसम्म वित्तीय विवरण पेश गरेका विकास बैंकहरूकोभन्दा बढी हो ।

त्यसरी नै गरिमा विकास बैंकले यो ६ महिनामा ४९ करोड २९ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२६ प्रतिशतले बढी हो । बैंकले गत आवको यो अवधिमा ३९ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो ।

त्यसरी नै गरिमा विकास बैंकले ४९ करोड २९ लाख नाफा आर्जन गरेको छ । बैंकले गरेको नाफा गएको आवको सोही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी हो ।

महालक्ष्मी विकास बैंकले ४५ करोड ६२ लाख नाफा आर्जन गरेको छ । सो नाफा गएको आवको सोहि अवधिको तुलनामा ३४.३४ प्रतिशतले बढी हो ।

शाइन रेसुङ्गाको नाफा पनि बढेको छ । बैंकले चालु आवको यो अवधिमा ३३ प्रतिशतले नाफा बढाएर ३४ करोड ८८ लाख पुर्याएको छ ।

ज्योति विकास बैंकको नाफा १२.६० प्रतिशतले बढेर ३४ करोड ४० लाख पुगेको छ भने कामना सेवा विकास बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षको तुलनामा कामना सेवा विकस बैंकको नाफा ११.९० प्रतिशतले घटेर ३४ करोड ३६ लाखमा सीमित भएको छ ।

प्रतिशतका हिसावले सबैभन्दा बढी नाफा गरेको सांग्रिला विकास बैंकले चालु आवको यो अवधिमा २४ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ ।

मितेरी विकास बैंकको नाफा ६ करोड ८० र सिन्धु विकास बैंकको नाफा ३ कर५५ लाख रुपैयाँ रहेको छ । यी दुई विकास बैंकमध्ये सिन्धुको नाफा ४.७२ प्रतिशतले बढेको छ भने मितेरीको नाफा २.५८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स