बैंक तथा बीमालाई जोर/विरोज लागू नहुने

काठमाडौं । बैंक तथा बीमा कम्पनीको कर्मचारीलाई जोर विजोर लागू नुहने भएको छ । जिल्ला प्रशासन कार्यालयले सवारी साधनहरू सञ्चालनका सम्बन्धमा थप स्पष्ट पारेको हो ।

बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध कर्मचारीहरुले आफनो परिचयपत्र देखाएर सवारी साधन सञ्चालन गर्न पाउने छन् शनिबार मध्यरातिदेखि लागु हुने भनिएको जोर विजोर प्रणालीमा बैंक बीमा क्षेत्रका कर्मचारीहरुलाई भने लागु हुने छैन ।

काठमाडौं उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनमा परिचयपत्रको आधारमा बैंक तथा वित्तीय संस्था र बीमाका कर्मचारीहरुका लागि जोर विजोर लागु नहुने भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स