कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा ईन्टरप्रेनरसिप डेभल्पमेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको लागि सञ्चालन गरिएको ईन्टरप्रेनरसिप डेभल्पमेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । माघ २ देखि ६ गते सम्म जुमको माध्यमबाट अनलाइन मार्फत सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुक महानुभावहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरु प्राप्त गर्र्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप समेत प्राप्त गरेका छन् ।

समापन कार्यक्रममा बैंकका अध्यक्ष्य सुदिप आचार्यले, यस्ता कार्यक्रमहरुले उद्यमीहरुलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नवीन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता, रोजगारी सिर्जना र अन्य विभिन्न लाभहरु प्रदान गर्ने बताए । यसका साथै बैंकले नवउद्यमीहरुलाई हरतरहबाट साथ दिने र उनीहरुको नवीन सोच र सिर्जनालाई सधैं प्रोत्साहन गरीरहने आश्वासन दिए ।

कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले सम्पूर्ण सहभागीहरुलाई अन्तरक्रियात्मक सहभागिताको लागि धन्यवाद ज्ञापन गरी आगामी दिनहरुमा सहभागीहरुको सफल उद्यमको लागि शुभकामना दिए र उनीहरुको सफल उद्यमको यात्रामा अन्तरप्रेरणाले सधैं आफ्नो तर्फबाट पूर्ण रुपमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसै गरी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सहभागीहरुलाई सफल उद्यमको लागि चाहिने पुँजी व्यवस्थापनको लागि लगानी तथा कर्जाको माध्यमबाट बैंकले पूर्ण रुपमा सहयोग गर्ने बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स