कृषि विकासको नाफा डेढ अर्ब नजिक, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । कृषि विकास बैंकले ६ महिनामै करिब डेढ अर्ब रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४२ करोड २५ लाख रूपैयाँ नाफा गरेको हो जुन गत आवको यही अवधिभन्दा १० करोड रूपैयाँ बढी हो ।

बैंकले गत वर्षको पुस मसान्तसम्म १ अर्ब ३२ करोड १६ लाख रूपैयाँ रूपैयाँ खुद मुनाफा गरेको थियो । बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ८८ करोड १५ लाख रूपैयाँ छ ।

बैंकले ३ अर्ब ७४ करोड रूपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको पुस मसान्तसम्म बैंकले २ अर्ब ८८ करोड रूपैयाँ मात्र थियो । राम्रो खुद ब्याज आम्दानी गर्न सकेको बैंकले अन्य आम्दानीमा पनि उल्लेख्य प्रगति गरेको छ ।

बैंकको ईपीएस १९.११ रूपैयाँ कायम भएको छ । यस्तै पीई रेसियो २२.३५ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०५.४० रूपैयाँ छ ।

बैंकको कस्ट अफ फन्ड ५.५१ प्रतिशत रहेको छ भने ब्याजदर स्प्रेड बढेका छ । बैंकको ७.५३ प्रतिशत पुगेको छ । बैंकको बेस रेट र खराब कर्जा कमी भएको छ । खराब कर्जा २.०८ र ब्याजदर स्प्रेड ४.३८ प्रतिशत रहेको छ ।

बैंकले आज शुक्रबार स्थापनाको ५५ वार्षिकोत्सव मनाइरहेको छ । कृषि ऋणपत्र जारी गर्ने अधिकार पाएको बैंकमा अनिलकुमार उपाध्याय प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स