कृषि विकास बैंक लि ५५ औ वर्षमा प्रवेश

काठमाडौं । माननिय अर्थमन्त्री जनार्दन शर्माले कृषि विकास बैंक लि.को ५५ औ वार्षिक उत्सव समारोहको भव्यताका साथ भचुर्यल माध्यमबाट समुदघाटन गरेका छन् । यस समारोहका प्रमुख अतिथी माननिय अर्थमन्त्रीले बैंकको ५५ औ वार्षिक उत्सवको अवसरमा प्रकाशित भएको बैंक समाचार स्मारिका पुस्तकको विमोचन समेत गरेका छन् ।

वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्रीले कृषि विकास बैंक लि.ले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभै कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्ने र नेपाल सरकारले अगाडी सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ व्यावसाय संचालन गर्न निर्देशन दिए ।

वार्षिक उत्सव कार्यक्रमका विशिष्ठ अतिथी तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि विकास बैंक लि. पछिल्लो समय “क” वर्गको वाणिज्य बैंकको रुपमा संचालन भएता पनि कृषिलाई पहिलो प्राथामिकता दिएर नै आफनो बैकिङ व्यवसाय संचालन गरेको देखिन्छ भने गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सृजना गर्नका निमित्त कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि वण्ड जारी गर्ने अवसर प्रदान गरे अनुरुप कृषि बण्ड जारी गरि सकेको, किसानहरुको सुविधाका लागि किसान क्रेडिटकार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा बाणिज्य बैकिङ लगायत कषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम संचालन गर्न निर्देशन दिनुहुंदै सफलताको शुभकामना व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले भर्चुयल तथा प्रत्यक्ष उपस्थित सम्पूर्ण आदरणीय अतिथिहरुलाई हार्दिक स्वागत अभिवादन गर्दै बैंकका गतिविधिहरु क्रमशः करिव १५ लाख निक्षेप ग्राहीको १ खर्व ५८ अर्व निक्षेप संकलन, १ लाख ५६ हजार कर्जा ग्राहीलाई करिव १ खर्व ७५ अर्व कर्जा प्रवाह गरेकोमा करिव ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह, सुन कर्जा, सुन खरिद बिक्री, बिदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतितपत्र कारोवार , ट्रष्ट रिसिप्ट कर्जा, जमानत कारोवार, सेयरधितोमा कर्जा तथा एटिएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाईल बैंकिङ सेवा, एडिबिल रेमिट, आइपिएस सेवा तथा कनेक्ट आईपिएस, अनलाईन बैंकिङ्ग खाता खोल्ने,आरटिजिएस, आस्बा, डिम्याट, इन्टरनेट बैकिङ्ग सेवा, फाईव ईन वन सेवा, क्यूआर टेलर सेवा, मोवाईल बैंकिङ मार्फत युटिलिटी पेमेन्ट र करिव ३ लाखको हाराहारीमा रहेका सेयरधनीहरुलाई २१ प्रतिशतको प्रतिफल उपलव्ध गराउन सफल भएको बताए ।

उक्त कार्यक्रमको अध्यक्षता बैंक संचालक समितिका अध्यक्ष रमेशकुमार के.सी.ले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दैै बैंकले आफ्नो स्थापनका समयमा लिएको उद्देश्यका अलाव समय अनुसारको माग बमोजिम बैंकका सेवाहरुलाई अध्यावधिक गराउंदै नेपाल सरकारले प्राथामिकतामा राखेका कार्यक्रमको कार्यन्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने छ र भविष्यमा अझ अबव्ल बैंकको रुपमा अगाडी बढ्ने समेत वताए ।

कार्यक्रममा बैंकका उत्कृष्ट ग्राहकको नामावली, कार्यसम्पादनमा उत्कृष्ट अंक ल्याई पुरस्कृत हुने कर्मचारीहरुको नामावली समेत घोषणा सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स