सेन्चुरी कमर्सियल बैंकको नाफामा छलाङ, ६ महिनामा ७२ करोडभन्दा बढी नाफा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ७२ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ । सो नाफा गत आवको सोही अवधिको तुलनामा ५४.७७ प्रतिशत बढी हो । आव २०७७÷७८ को पुस मसान्तसम्म बैंकले ४६ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले कोरोना महामारीको यो विषम परिस्थितिमा पनि व्यवसाय विस्तार गर्दै नयाँ उपलब्धि हासिल गरेको जनाएको छ ।

यसबीचमा बैंकको सञ्चालन मुनाफा ६९.११ प्रतिशतले बढेर १ अर्ब ७ करोड २९ लाख रुपैयाँ कायम भएको छ भने खुद सञ्चालन आम्दानी ४२.५१ प्रतिशतले बढेको छ ।

खुद मुनाफामा उल्लेख्य उपलब्धि हासिल गरेको बैंकले वितरणयोग्य नाफामा पनि फड्को मारेको छ । बैंकको वितरणयोग्य मुनाफा ४५ करोड २६ लाख रुपैयाँ पुगेको हो जुन अघिल्लो आवको पुस मसान्तसम्मको २५ करोड ४ लाखभन्दा ८०.७६ प्रतिशत बढी हो ।

वित्तीय विवरण अनुसार बैंकको ब्याजदर स्प्रेड ३.९७ प्रतिशतबाट घटेर २.५७ प्रतिशतमा आइपुगेको छ । यद्यपि खुद ब्याज आम्दानी ५.८७ प्रतिशतले बढाएर १ अर्ब २९ करोड २० लाख रुपैयाँ पुर्याउन बैंक सफल भएको छ ।

बैंकले चालु आवको ६ महिनामा कर्जा विस्तार करिब १० प्रतिशतले गरेको छ । २०७८ असार मसान्तसम्म सर्वसाधारणलाई ७८ अर्ब ७ करोड ८२ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बैंकले यस्तो कर्जा विस्तार गर्दै ८५ अर्ब २० करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।

यसबीचमा बैंकको निक्षेपमा भने केहि कमी आएको छ । बैंकले निक्षेप दोस्रो त्रैमाससम्म ९२ अर्ब १९ करोड ८३ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाउँछ ।

यद्यपि अघिल्लो वर्षको पुस मसान्तको तुलनामा कर्जा २३.०८ प्रतिशतले बढेको हो । गत आवको पुस मसान्तसम्म बैंकले सर्वसाधारण ग्राहकलाई ६९ अर्ब २५ करोड २० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको थियो । सोही बेलासम्मको बैंकले कुल ८३ अर्ब ७९ करोड ४० लाख रुपैयाँको निक्षेप संकलन गरेको थियो । १ वर्षको अवधिमा बैंकको निक्षेप १० प्रतिशतले बढेको हो ।

९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी भएको सेञ्चुरीले रिर्जभमा २४ करोड रुपैयाँ थपेको छ । एक वर्षको अवधिमा रिजर्भ १८.२५ प्रतिशतले विस्तार भइ १ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

पुस मसान्तसम्म प्रतिसेयर आम्दानी १५.१२ रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्म ईपीएस १०.३३ थियो । यस्तै प्रतिसेयर नेटवर्थ पनि २।३२ रुपैयाँले बढेर १२१.१९ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

यता खराब कर्जा १.६७ प्रतिशतबाट घटेर १.३१ प्रतिशत कायम हुँदा कस्ट अफ फन्ड सामान्य बढेको छ । बैंकको बेसरेट ८.८२ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

हाल सेञ्चुरी कमर्सियल बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने रहेका छन् । उनले बैंकमा राम्रो काम गरेर देखाएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स