महिला सीईओको कमाल, नाफामा मेगाको छलाङ, ६ महिनामा १ अर्ब ४० करोड

काठमाडौं । मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले कमाल देखाएकी छिन् । उनले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७१.६८ प्रतिशतले नाफा बढाएकी छिन् ।

मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ७१.६८ प्रतिशतले बढी हो ।

बैंकको खुद ब्याज आम्दानी भने २ प्रतिशतले घटेको छ । सञ्चालन आम्दानी ४ प्रतिशतले घटेको छ । उसको इम्पेरिमेन्ट चार्ज घट्दा नाफा केहि बढेको हो ।

१६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ छ ।

बैंकको निक्षेप संकलन ३४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६ पैसा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स