एनसीसी बैंकको नाफा अर्ब नजिक, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४६.६७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पुससम्ममा बैंकले ६१ करोड ४० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १७.७१ प्रतिशतले बढेर १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

बैंकको नेट फि तथा कमिशन आम्दानी २६.१६ प्रतिशत र सञ्चालन मुनाफा १६.४६ प्रतिशतले बढेको छ । चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८३ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

बैंकले यस अवधिमा एक खर्ब २० अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा बैंकको निक्षेप १२.६३ प्रतिशत र कर्जा १९.९८ प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १५ पैसाले बढेर १६ रुपैयाँ १७ पैसा पुगेको छ ।

यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १७।४४ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स