नेपाल बङ्गलादेश बैंकको नाफा १४ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा १३.८२ प्रतिशतले घटेको छ । बैंकले ६ महिनामा ८१ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ९४ करोड १२ लाख नाफा कमाएको थियो ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि २२.१६ बाट घटेर १६.०९ रुपैयाँमा संकुचित भएको छ ।

पुस मसान्तसम्ममा बैंकको बैंकको वितरण योग्य मुनाफा ४९ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकले ८० अर्ब ७१ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन तथा ७४ अर्ब ९० करोड ९० लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २१.३४ प्रतिशत, जगेडा कोष १०.६३ प्रतिशत, निक्षेप ७.३६ प्रतिशतले घटेको छ । चुक्ता पूँजी १२ प्रतिशत, खुद ब्याज आम्दानी २.१८ प्रतिशत,कर्जा लगानी ९.०६ प्रतिशत, शुल्क कमिशन आय १३.७८ प्रतिशतले बढेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १५७.१८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.८ गुणा छ । बैंकको खराब कर्जा अनुपात घटेर १.७४ प्रतिशत, कोषको लागत ६.४३, आधार ब्याजदर ८.४७, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.२३ प्रतिशत छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स