माछापुच्छ्रे बैंकको नाफा २६ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको नाफामा २६ प्रतिशतले बढेको छ । आज सार्वजनिक गरिएको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले ६ महिनामा नाफा २५.९१ प्रतिशतले बढाएर १ अर्ब १ करोड ८ लाख ३० हजार रुपैयाँ पुर्याएको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा ८० करोड २७ लाख ७४ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ६४ करोड ४७ लाख २ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफमा आएको सुधारले नाफा बढुन सहयोग पुगेको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी १३।०९ प्रतिशतले बढेर २ अर्ब २४ करोड ८७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २५।६३ प्रतिशतले बढेर १ अर्ब ४५ करोड १२ लाख ६० हजार रुपैयाँ रहेको छ ।

१० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८६ करोड ४४ लाख १५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स