एनआईसी एशिया बैंकको नाफा २ अर्ब ४० करोड

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकले सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा १८.०२ प्रतिशतले बढेर ८५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । एनआइसी एसियाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएपछि खुद नाफा बढेको हो ।

खुद ब्याज आम्दानी ३२.८१ प्रतिशत र सञ्चालन नाफा १२.५९ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलन भने थोरैले घटेको छ । यसको निक्षेप संकलन ०.७० प्रतिशतले घट्दा कर्जा लगानी ५.२९ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी ५.७ रुपैयाँले बढेर ४१.४३ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १९९.८९ रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स