सिभिल बैंकको नाफामा छलाङ, ६ महिनामा १४८ प्रतिशतले बढ्यो नाफा

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफ्नो खुद नाफामा छलाङ मारेको छ ।

बैंकले सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशत बढी हो ।

अघिल्लो वर्ष ४.८३ रहेको बैंकको इपीएस यो वर्ष ११.६६ रहेको छ ।

बैंकले ६ महिनामा १ अर्ब ४६ करोड ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकको ब्याज आम्दानी ९३ करोड थियो ।

बैंकले पुस मसान्तसम्म ९१ अर्ब ६९ करोड निक्षेप संकलन गरेर ८३ करोड कर्जा दिएको छ ।

बैंकले अघिल्लो वर्षको भन्दा खराब कर्जा अनुपात (एनपीएल) घटाउन सफल भएको छ । अघिल्लो वर्ष १.७० प्रतिशत रहेको एनपीएल ०.९४ प्रतिशत रहेको छ ।

कर्जा निक्षेप अनुपात ८८.८८ प्रतिशत रहेको सिभिल बैंकको बेसरेट भने अघिल्लो वर्षभन्दा बढेको छ । अघिल्लो वर्ष ८.४५ प्रतिशत रहेको बेसरेट यो वर्ष ९.७४ प्रतिशत रहेको छ । बैंकले ३.०५ प्रतिशत स्प्रेडदरमा कायम राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स