३६ करोडले बढ्यो सिटिजन्स बैंकको नाफा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स बैंकको नाफा बढेको छ । बैंकले पुसमसान्तसम्म १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत आवको तुलनामा ३६ करोड रुपैयाँ बढी हो ।

बैंकले ब्याज आम्दानीबाट २ अर्ब ३९ करोड कमाएको छ । ४८ करोड रुपैयाँ कमिसनबाट कमाएको छ । १४ अर्ब २० करोड चुक्ता पूँजी रहेको सिटिजन्स बैंकको पुस मसान्तसम्म निक्षेप १ खर्ब ४१ अर्ब छ भने कर्जा १ खर्ब २७ अर्ब रहेको छ ।

१३.५६ प्रतिशत पूँजीकोष अनुपात रहेको सिटिजन्स बैंकले अघिल्लो वर्षभन्दा खराब कर्जा अनुपात (एनपीएल) घटाउन सफल भएको छ । २.४२ प्रतिशत अघिल्लो वर्ष एनपीएल रहेकोमा यो वर्ष १.८७ प्रतिशत एनपीएल रहेको छ । बैंकको अघिल्लो वर्षको तुलनामा बेसरेट बढेको देखिएको छ । अघिल्लो वर्ष पुस मसान्तमा ८.२५ प्रतिशत रहेको बेसरेट ९.०८ प्रतिशत छ ।

यस्तै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.६९ प्रतिशत छ । यस्तै बैंकको कस्ट अफ फण्ड ७.०५ प्रतिशत छ । बैंकले ३।११ प्रतिशत स्प्रेडदर कायम रहेको देखिएको छ ।

बैंकसँग वितरण योग्य नाफा ७४ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स